भारतीय महिलाको सिमकोटमा मृत्यु



 

 

हुम्ला, १८ असार ।अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उहाँ हुम्ला आइपुग्नुभएको थियो ।
सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उहाँको मृत्यु भएको बताउनुभयोे । मृतकको पनि शव विमानस्थलमै छ ।

असार १५ गते देखिको खराब मौसमका कारण विमानस्थलमा भारतीय र नेपाली नागरिक अलपत्र परेका छन् । पन्ध गते बिहानदेखि हल्का पानी पर्नुका साथै हुस्सु लागेपछि नेपालजञ्ज र सुर्खेतबाट हवाईजहान आउन नसक्दा ४०० जना सिमकोट विमानस्थलमा र सिमकोटको कोहिल्सा नाकामा १५० यात्री अलपत्र परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।रासस
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्