प्रदेश ४ को स्थायी राजधानी पोखरा



पोखरा १८ असार — पर्यटकीय शहर पोखरा प्रदेश ४ को स्थायी राजधानी भएको छ । सत्ता र प्रतिपक्षदलको समर्थनमा प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेख छ ।

सोही अनुसार कार्यवाहक सभामुख सिर्जना शर्माले तत्काल कायम सदस्यको आधारमा दुई तिहाई बहुमतले राजधानी तोकेको घोषणा गरेकी थिईन । प्रदेशसभा बैठकमा सहभागी सबै सांसदले समर्थन गरेकाले उपस्थितिका आधारमा भने ‘सर्वसम्मत’ भएको हो ।
सत्तापक्ष नेकपाका सांसद कृष्णबहादुर थापाले प्रदेश राजधानी तोक्ने विषयमा राखेको प्रस्तावलाई कांग्रेसका मणीभद्र शर्माले समर्थन गरेका थिए ।
प्रस्तावलाई सभामुख सिर्जना शर्माले निर्णयार्थ पेश गर्दै मत विभाजनमार्फत मत संकलन गरिएको थियो । सभामा उपस्थिति सबै सांसदले प्रस्तावको पक्षमा मत जाहेर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्