राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता



काठमाडौं १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । भेटवार्ता कुनै ‍औपचारिक एजेण्डामा रहेर नभएको उनले बताए । ‘लामो समय भएको थियो भेट नभएको, अध्यक्ष भर्खरै विदेशबाट फर्कनुभएकाले भेट गर्नुभएको हो’ उनले भने ।पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्केका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्