टीकापुर, १९ असार । टीकापुर अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । अस्पतालमा चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको अनौठो बच्चाको जन्म भएको हो ।
जिल्लाको जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो बच्चा जन्माएकी हुन् ।
अस्पतालका अनुसार राति ११ बजेतिर बच्चाको जन्म भएको हो । सोमबार दिउँसो ३ बजे व्यथा लागेपछि आमालाई राति १० बजे अस्पताल पुर्याइयो। अस्पताल पुर्याएको केही समयमै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ । उनको यो पहिलो सन्तान हो । नवजात बच्चा जिवितै रहेको अस्पतालले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।