समिक्षा गाहा।
घोराही २० दाङ
साबिको हापुर नारायणपुर हाल घोराही उपमहानगरपलिका वार्ड न। १०,११,१२ मा सञ्चालन गर्ने भनिएको बैकल्पीक हवाई मैदानको स्थानिय वासिहरुले विरोध गरेका छन् । विमानस्थल सञ्चालमा ल्याउँदा नागरीकहरु विस्थापित हुने भन्दै स्थानियवासिले आज घोराहीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । हामी बिकास बिरोधी हैनौ तर पनि आफु हरु कुनै पनि हालतमा विमानस्थल हुने कुरामा सहमतिमा नजाने बताएका छन
स्थानियको कुरा नसुनेर आफु मर्जी सरकारले पहुचको भरमा निणर्य गरेको भन्दै आपत्ति जनाएका हुन् । घोराही उपमहानगरपालिकामा पर्ने १० , ११ र १२ न. वडाका नागरीहरुले विरोध जनाएका थिए । उक्त वडामा अहिले ५ हजार घरधुरी वसोवास गर्दै आएका छन् । उनीहरुले दाङमा दुइ दुई वटा बिमान स्थल आबश्यक नरहेको र पहिले कै टरीगाउ एरपोटृलाइ ब्यबस्थित बनाएर लग्न सुभ।ाब समेत दिए।
त्यस मध्ये ति वडाहरुमा १५ प्रतिशत सुकुम्वासि नागरीकहरु अहिले पनि वस्दै आईरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । स्थानियको मन्जुरी विना प्रदेश नम्वर पाचँले वजेट छुट्याएको सुन्नमा आएको भन्दै स्थानियहरुले विरोध जनाएका हुन् ।
आफुहरु संग सम्वनय नगरेको भन्दै दुख व्यक्त गरेका थिए । त्यस क्षेत्रका वस्तिहरुलाई उचित व्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिएका थिए । विकासको नाममा स्थानियलाई उठिवास लगाउन खोजेको आरोप लगाएका हन् । अन्तराष्ट्रिय विमानस्थल नारायणपुर क्षेत्रमा कुनै पनि हालतमा निमार्ण हुन नदिने र आफुहरुको माग सम्वोधन नभएमा स्थानिय वासि कडा आन्दोलनमा उत्रने समेत पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
हवाई मैदान सरोकार समितिका संयोजक जय बहादुर वुढाको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
पत्रकार सम्मेलनको सहजिकरण हवाई मैदान सरोकार समितिका सचिव धर्म बहादुर सिजुवालले गर्नु भएको थियो ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।