मुख्य समाचार

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

By थाहा अनलाइन

July 04, 2018

चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सो सडक खण्डको टोपेखोला र कालीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध थियो । कालिखोलाको पहिरो पन्छाएपछि दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको उनले बताए ।

सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ ।