योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी



२३ असार, काठमाडां । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

मुख्य सचिव डा। सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न तथा त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।

निर्देशन कार्यान्वयन नभएमा कानुन बमोजिम मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रधानमन्त्री कार्यालयको चेतावनी छ ।

साथै गैरमेरिटका आधारमा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन नगराउन त्रिविवि डिन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई पठाएको पत्रको जानकारी दिन पनि भनेको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएम० ले पिजी अर्थात् एमडीरएमएसरएमडिएसको भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन प्रवेश परीक्षा नतिजाको योग्यताक्रम अनुसार भर्ना लिन पाउने व्यवस्था गरेको छ ।

तर, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र विरगन्जस्थित नेसनल मेडिकल कलेजले आफूखुसी विद्यार्थी भर्ना गरेका छन् । दुबै कलेजले मेरिटका आधारमा पठाएका विद्यार्थीहरुको सूचीलाई वेवास्ता गर्दै कमजो

र रहेका विद्यार्थीसँग बढी शुल्क लिँदै भर्ना लिएको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्