मुख्य समाचार

जुनसुकै बेला जस्तोसुकै पनि कदम चाल्न पछि नहट्ने चिकित्सक संघकाे चेतावनी

By थाहा अनलाइन

July 04, 2018

काठमाडौं २० असार। नेपाल चिकित्सक संघ कर्णाली शाखाले अनसरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिज्ञप्ती निकालेको छ । विज्ञप्तीप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय ऐक्यवद्धता जाहेर गरेको छ । महासचिव लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा। केसीको जीवन रक्षार्थसंघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने बताउँदै सम्पूर्ण सदस्यहरुलाई तयारी अवस्थामा रहन समेत अपिल गरेका छन् । नेपाल चिकित्सक संघले बेसी प्रतिको अमानवीय व्यवहार र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबड हलमा कैदी सरह राखिएकोमा आपत्ती जनाएको छ । विज्ञप्तिमा भनिएको, ‘उहाँको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने र यसबाट सृजीत हुन सक्ने गम्भिर परिणतीको जिम्मेवार नेपाल सरकार नै हुनेछ । साथै नेपाल चिकित्सक संघका सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत यसै विज्ञप्ती मार्फत अपिल गरिन्छ ।’