नगर स्वास्थ्य केन्द्रलाई ब्यबस्थित गर्न आवश्यक -सेजुवाल



दिपक बोहरा।
भर्खरै नयाँ संरचना अनुसार बनेका वडाहरुमा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले पनि अहिले अधिकांंस वडाहरुमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईसकेको छ । भखरै सञ्चालनमा आएका नगर स्वास्थ्य केन्द्रको सेवा प्रवाह, पूर्बाधार, जनशक्तिलगायतको अबस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को नगर स्वास्थ्य केन्द्र राणागाउँका उपाध्यक्ष चेतमान सेजुवालसंग कुराकानी गरेका छौं । –सम्पादक

नगर स्वास्थ्य केन्द्र के हो ?
-वडाबाटै सबै नागरिकले सहज स्वास्थ्य सेवा पाउन भनी स्थापन गरिएका स्वास्थ्य केन्द्र हुन् । नयाँ संरचना अनुसार बनेका वडाहरु ठुला ठुला भएकाले स्वास्थ्य संस्थाको पहुँचमा पुग्न लामो समय लाग्ने भएकाले वडाबाटै सेवा प्रदान गर्ने भनी नगर स्वास्थ्य केन्द्र स्थापन गरिएको छ । नगर स्वास्थ्य केन्द्र स्थापन भएपछि अहिले बिरामीहरुलाई वडाबाटै उपचार गर्न थालिएको छ । तर अझै ब्यबस्थित हुन भने सकिरहेको अबस्था छैन् । ब्यबस्थित रुपमा अगाडि बढाउने हो भने प्रभाबकारी सेवा सञ्चालन हुनेछन् ।

वडामा नगर स्वास्थ्य केन्द्रको अबधारण एकदमै राम्रो छ ।
भर्खरै तुलसीपुर उपमहानगरपालिका ३ मा पनि नगर स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ,त्यसको उपाध्यक्ष हुनुहुन्छ । चुनौतीहरु के के छन् ?
सर्वप्रथम सम्पूर्ण वडावास, वडामा क्रियाशील सबै राजनीतिक पार्टीहरु, बिभिन्न संघसंस्थाहरुको अथाहा मेहेनत र संघर्ष पछि हामीहरुले साविक वडा नम्बर १ को वडा कार्यालय राणागाउँवाट भर्खरै नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको जानकारी गराउन चहान्छु ।

भर्खरै सञ्चालनमा आएको हुनाले यहाँ निकै चुनौतीहरु हुनु स्वभाविकै पनि हो । तर पनि हामीहरुले ति सबै चुनौतीहरुलाई क्रमस ः समाधान गर्दे जानेछौं । अहिले हाम्रो मुख्य चुनौती भनेको यहाँको स्वास्थ्य सेवालाई कसरी ब्यबस्थित र प्रभावकारी बनाउन सकिन्छ , भन्ने नै हो । अब हामीले वडाबाटै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण मिलाउन्, दरबन्दी थप गर्न मद्धत गर्नु, पूर्बाधार निर्माण गर्नुलगायत चुनौतीहरु छन् ।

नयाँ सञ्चालनमा आएको स्वास्थ्य केन्द्रलाई व्यबस्थित बनाउन के गर्नुपर्ला ?
-भर्खरै सञ्चालनमा आएको हुनाले पकै पनि ब्यबस्थित छैन्, अझै धेरै ब्यबस्थ ागर्न आबश्यक छ । केन्द्रलाई ब्यबस्थित बनाउन हामीहरुले व्यबस्थापन समिति गठन गरेका छौं । व्यबस्थापन समितिमा सबैको प्रतिनिधित्व हुनेगरि जुझारु टिम आएको छ । वडा अध्यक्ष स्वयंम आफै यसको अध्यक्ष हुनुहुन्छ । कर्मचारी साथिहरु पनि निकै खटिनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट बिनियोजन भईसकेको छ । स्वास्थ्य क्षेत्रमा पनि केही बजेट छुट्याईएको छ । उक्त बजेट हाम्रो स्वास्थ्य केन्द्रमा कति बजेट आउँछ, त्यही अनुसार थप ब्यबस्थित बनाएर लैजाने छौं ।

नगर स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी बनाउन के गर्नुपर्ला ?
-एकदमै राम्रो प्रश्न उठाउनु भयो । हामीले स्वास्थ्य केन्द्रलाई प्रभावकारी बनाउन सबैभन्दा पहिला तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखासंग समन्वय गर्छौ । वडाबाट निर्बाचित जनप्रतिनिधि, राजनीतिक दललगायत स्वास्थ्य क्षेत्रमा क्रियाशिल सबै सरोकारवालासंग सहकार्य गर्छौं । उहाँहरुको सल्लाह र सुझाव अनुसार नै सेवालाई थप प्रभाबकारी बनाउने छौंं ।

नगर स्वास्थ्य क्लिनिक सञ्चालनका सकारात्मक पक्षहरु के के छन् ?
-पहिलो कुरा त हामी नगरबासी भएपनि सेवा र सुबिधाबाट जुम्लाबासी जस्तै भएका छौं । भौगोलिक बनावटले गर्दा सामान्य विरामी भएपनि ५÷७ घण्टाको बाटो हिडेर तुलसीपुर वा अन्यत्र जाने बाध्यता थियो । त्यो हटेर गएको छ । विभिन्न खाले स्वास्थ्य समस्याहरुको बारेमा परामर्स लिन सजिलो भएको छ ।

पूर्बाधारको अवस्था कस्तो छ ?
-हामीकहाँ अहिले शुरुवाती अवस्थामै रहेकाले पूर्वाधारको अवस्था एकदमै नाजुक छ । हामीहरुसंग अहिले आर्थिक रकम कति पन छैन् । आर्थिक नभएकै कारण कोठासफा गर्ने कुचोसम्म किन्न सकेका छैनौं । स्वास्थ्य केन्द्रमा आएका विरामीहरुलाई १ गिलास पानी पिलाउने हैसियत अहिले हामीहरुसंग छैन् । बिद्युत नभएका कारण गर्मीले विरामीहरु छट्पटाई रहनुभएको हुन्छ, तर हामीसंग बिरामीहरुलाई उपचारका लागि आबश्यक पर्ने बेड छैन् । औषधी राख्ने राम्रो टेबुल छैन् । बिरामी बस्ने बेञ्च समेत छैन् ।

यस्तो अवस्थामा यहाँहरुले के पहल थाल्नु भएको छ ?
-एकदमै यो अवस्थामा हामी सबै अ–आफ्नो ठाउँबाट लागि रहेका छौं । म उपाध्यक्षको हैसियतले अलि बढि खटिरहेको छु । समिति बनेको १४÷१५ दिन जति भयो होला । बैंक खाता सञलन देखि खानेपानीको लागि तुलसीपुर खानेपानी तथा सरसफाई संस्था र नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा निवेदन दिएका छौं । अब कार्यालय सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा जानकारी गराउदैछौं ।

कस्तो खालको सेवा प्रदान गरिरहनु भएको छ ?
-अहिले हामीहरुले सामान्य रुपमा विरामहिरुको स्वास्थ्य परिक्षण, प्रेसर चेक, घाउहरुको ड्रेसिङलगायतका कामहरु गरिरहेका छौं । आगामी दिनमा ल्याव सञ्चालन गर्ने सोँचमा छौं ।

सेवा प्रवाहको अवस्था कस्तो छ ?
-पहिलेको तुलनामा अहिले एकदमै राम्रो छ । सोँचे भन्दा बढि मात्रामा बिरामीहरु आउनु हुन्छ । कर्मचारी साथिहरु पनि त्यतिकै मात्रामा खटिनु भएको छ ।

कति जना कर्मचारी हुनुहुन्छ ?
-अहिले हामीकहाँ एक जना अहेब, एक जना अनमी र एउटा कार्यालय सहयोगी रहनुभएको छ । अहिलेलाई यो जनशक्ति ठिकै छ । तर अझै ब्यबस्थापन,थप सेवा सुधार गर्नका लागि दरबन्दी पनि थपगर्नुपर्छ ।

स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिको भूमिका के हुन्छ ?
-समग्र नगर स्वास्थ्य केन्द्रको सेवा कसरी प्रभाबकारी बनाउने, पूर्बाधारको बिकास कसरी गर्नेलगायत समग्र स्वास्थ्य केन्द्रको बिकासका लागि समितिले महत्वपूर्ण भूमिका खेल्छ । केन्द्रलाई अगाडि बढाउने सबै हात समितिको नै हुन्छ । यस्तो अबसथामा समितिले चासोका लागि अगाडि बढ्नु पर्छ जस्तो मलाई लाग्छ ।

अन्तमा केही भन्नु छ ?
-सर्बप्रथम मेरो बिचार राख्न दिनुभएकोमा तपाईको पत्रिकालाई बिशेष धन्यवाद दिन चहान्छु । जसरी तपाई हामीहरु सक्रिय भएर स्वास्थ्य केन्द्र ल्याउन सफल भयौं। यसका लागि सम्पूर्ण वडाबासी बुवा, आमा, दाजुभाई दिदी बहिनीहरु सबै प्रति आभार प्रकट गर्न चहान्छु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्