३३७४ मेगावाटको विद्युत् खरिद सम्झौता



२३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म निजी क्षेत्रका जलविद्युत आयोजनासँग तीन हजार तीन सय ७४ मेगावाटको विद्युत खरिद(बिक्री सम्झौता ९पीपीए० गरेको देखिएको छ ।

नेपाल बिद्युत प्राधिकरणका अनुसार अहिलेसम्म दुई सय ११ आयोजनासँग तीन हजार तीन सय ७४ मेगावाटकोे पीपीए भएको छ ।

पीपीए भएका आयोजनामध्ये ६० आयोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादन गरिरहेका छन् । त्यस्ता आयोजनाको जडित क्षमता चार सय ४१ मेगावाट रहेका प्राधिकरणले जनाएको छ ।

बाँकी एक सय ५१ आयोजना निर्माणको विभिन्न चरणमा छन् । सबै आयोजना सात वर्षभित्रमा निर्माण सम्पन्न हुने छन् ।

यस्ता आयोजनाको जडित क्षमता दुई हजार नौ सय ३३ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यसमा प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमे जलविद्युतले सहायक कम्पनीमार्फत निर्माण गरिरहेका चार आयोजना समेत समेटिएका छन् । चार आयोजनाको कूल जडित क्षमता २७० मेगावाट छ ।

पहिलो पल्ट नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती आयोजनासँग पिपिए गरि निजी क्षेत्रलाई जलविद्युत आयोजनामा लगानी गर्न खुल्ला गरिएको थियो । कुलमान घिसिङ प्राधिकरण कार्यकारी निर्देशक बनेपछि उनले पीपीएमा झनै तिब्रता दिएका छन् ।

प्राधिकरणले अहिले पीपीएका लागि दुई वटा विकल्प दिएको छ । वाषिर्क ऊर्जाको कम्तिमा १५ प्रतिशत र ३० प्रतिशत ऊर्जा हिउँदमा पुर्‍याउने आयोजनाका लागि दुई विकल्प दिइएको हो ।

हिउँदमा कम्तिमा १५ प्रतिशत पुर्याउने आयोजनाका लागि ड्राई सिजन ४ महिना र वेट सिजन ८ महिना कायम गरिएको छ ।

वाषिर्क ऊर्जाको कम्तिमा ३० प्रतिशत हिउँदमा उत्पादन गर्न आयोजनाका लागि ड्राई र वेट सिजन ६र६ महिना कायम गरिएको छ । मंसिर १६ देखि जेठ १५ सम्मलाई ड्राई र जेठ १६ देखि १५ मंसिरसम्मलाई वेट सिजन कायम गरिएको हो ।
आयोजनाले दुईमध्ये कुनै एक विकल्प छनोट गरी पीपीए गर्न सक्ने प्राधिकरणले जनाएको छ । तर, यस्तो विकल्प गत १४ वैशाखपछि पीपीए गरिएका आयोजनाले मात्रै पाइरहेका छन् ।

पीपीए दर भने दुवै विकल्पमा एकै अर्थात ड्राई र वेट सिजनका लागि प्रतियुनिट क्रमशः ८।४० र ४।८० कायम गरिएको छ । ८ वर्षसम्म ३ प्रतिशतको साधारण मूल्यवृद्धि दिने व्यवस्था छ ।

प्राधिकरणले अहिले ‘टेक अर पे’ सर्तमा पीपीए गरिरहेको छ । सरकारले तोकेको प्रस्तावित उत्पादन मिश्रणको परिधि पुगेको भन्दै प्राधिकरण अब ‘टेक एण्ड पे’को सर्त राखी पीपीए गर्ने पक्षमा छ ।

सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धित अवधारणपत्र तथा कार्ययोजना ०७२’ मार्फत ऊर्जा मिश्रण तोकेको थियो ।

आर्थिक वर्ष ०८२र८३ भित्र व्यापारिक उत्पादन शुरु गरिसक्ने आयोजनाबाट आयोजनाबाट उत्पादित ऊर्जा प्रस्तावित उत्पादन मिश्रणको परिधिभित्र रही ‘टेक अर पे’ आधारमा खरिद हुने व्यवस्था मिलाइने अवधारणमा व्यवस्था छ ।

दीर्घकालिन रुपमा नेपालकै उत्पादनबाट लोडसेडिङ अन्त्य गर्ने उद्देश्यले जल्विद्युत् आयोजनाको प्रकार अनुसार आयोजनाको उत्पादन मिश्रण तय गरिने कार्ययोजनामा व्यवस्था छ ।

उत्पादन मिश्रणमा जलाशययुक्त तथा पम्प स्टोरेज ४०(५० प्रतिशत, पिकिंग रन अफ द रिभर १५(२० प्रतिशत, रन अफ द रिभर २५(३० प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट ५(१० प्रतिशत रहने छ ।

यस्तो व्यवस्था ‘टेक एण्ड पे’ प्रावधान राखी पिपिए भइसकेका भईसकेका वा हुने क्रममा रहेका आयोजनामा समेत लागु हुने व्यवस्था गरिएको छ ।

यसलाई कार्यान्वयन गर्न प्राधिकरणले अहिले ‘टेक एण्ड पे’ सर्त राखी पीपीए गरिएका आयोजनासँग ‘टेक अर पे’ सर्त राखी धमाधम पीपीए संसोधन गरिरहेको छ । यस्ता आयोजनाको संख्या ३९ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्