ज्येष्ठ नागरिकको आशिष लिएर पदभार ग्रहण



सैघाली अनलाईन

नवनिर्वाचित घोराही १४ का वडा अध्यक्ष शक्तिराम डागिले शुक्रवार पद भार ग्रहण गर्नुभएको छ ।
उहालगाएतको टिमलाई घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र उप मेयर सिता न्यौपानेले ग्रहण गराउनुभएको हो । कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले कार्यालयको अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । पदभारका क्रममा परिसर भित्र फुल रोपिएको छ ।

कार्यालय प्रबेशका क्रममा वडा सचिव नायराण प्रसाद शर्मा, सामाजिक परिचालक एसोदा केसि लगाएतले अविर मालाले स्वागत गर्नुभएको थियो । एमालेका पार्टि प्रतिनिधि देविराम न्यौपाने, नेकपा माओवादि केन्द्रका पोलिटि व्युरो सदस्य निर्मल आचार्य विमल, नया शक्तिका निर्मला विक लगाएतको सहभागिता थियो । यसैगरी १५ अध्यक्ष रमेश पाण्डेय, टाउन प्लान अध्यक्ष तथा वडा सदस्य दिलिप डिसी, १८ का अध्यक्ष भरत अर्याल, १३ का अध्यक्ष रविलाल घर्ति, पुर्व क्यापटेन सुरज बहादुर पुन लगाएतको सहभागिता थियो ।

यसैगरी दाङ उवासका उपाध्यक्ष नारायण भुषाल, महासचिव दिपक सुवेदि, लगाएतको उपस्थिति रहेको थियो । यसैगरी चुनावका प्रतिस्पर्धी श्याम प्रसाद सुवेदी, गणेश प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति थियो ।
पदभार ग्रहण पछि जेष्ठ नागरीक ८४ बर्षे जमान सिं डागि, पुर्ण कुमारी पुनलाई घरमै पुगेर शुझाव तथा सुभकामना लिएको थियो । सदस्यहरु नैना कुमारी चौधरी, फुलमति नेपाली, गुलाम रसुल, लक्षुमन बुढा लगाएतको टोलिले झिंगौरा पुगेर शहिद परिवार संग भेट गरेको थियो ।

शहिद क विजय का आमा प्रदेशनी चौधरी, शहिद लौटनका श्रीमति धनकुमारी चौधरी, शहिद पृथ्वीकी दिदि वसन्ती चौधरी लगाएतलाई पनि भेटेको थियो । त्यस अधि गुलरीया लखन पार्क स्थित शहिद नेत्रलाल अभागि र लखन पार्कको शहिद लखन थापाको शालिकमा माल्यार्पण गरेको थियो । नेकपा माओवादि केन्द्रका नगर समिति सहसचिव दिल कुमारी बुढा, घोराही १४ का वडा अध्यक्ष कृतिमान पुन सहित नेता कार्यकर्ता र आफन्त सहितको टोलि थियो ।

पहिलो निर्णयस  तथा शिसुलाई प्रोत्साहन
वडाको पहिलो वैठकले सुत्केरी महिला तथा शिशुलाई प्रोत्साहन दिने निर्णय गरेको छ । वडामा रहेका गर्भवति महिलाले स्वाथ्य चौकिमा नियमित जाच गराई ३५ दिन भित्र जन्मदर्ता गराउन आए बिशेष प्रोसाहन गर्ने निर्णय गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्