दाङका ५ जना सहित मुस्ताङमा मृतकको सख्या १९ पुगे



दाङ, असार २२ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् ।दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो ।

टिप्पर दुर्घटनामा परी दाङ ५ र रोल्पाका ७ जनासहित १९ जना मजदुरको मृत्यु भएको  हो ।उक्त दुर्घटनामा परी १३ जना घाइते भएका छन् । जसमध्ये ८ जनाको अवस्था गम्भिर प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा दाङका ३० वर्षिय बालकुमार घर्ती, ३१ वर्षिया कविता घर्ती मगर, ४३ वर्षिया शान्ति थापा, ३२ वर्षिय सुवेर चौधरी र २५ वर्षिय कमल बुढा रहनुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी छ ।

मृत्यु भएका दाङका भनिएका व्यक्तिहरुको गाउँको ठेगाना भने खुलेको छैन । अन्य मृत्युहरुमा रोल्पाका १९ वर्षिय महेश रोका, ३२ वर्षिय रामकुमार पुन, ३२ वर्षिय सन्तु घर्ती र २८ वर्षिय सुकमान, ३१ वर्षिया जीतमाया घर्ती, २० वर्षिया सिर्जना घर्ती र २३ वर्षिय राष्ट्रे रोका रहनुभएको छ ।त्यसैगरी धादिङका २३ वर्षिय सुजन घलान, सिन्धुलीका २० वर्षिय जीवन माझी, कैलालीका २२ वर्षिया विनिता थापा, कपिलबस्तुका ३५ वर्षिय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षिय कृष्ण क्षेत्री रहनुभएको छ । सडक निर्माणको काममा मजदुरहरु त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्