प्रस्तावनामा नेताको नाम राख्ने राजपाभित्रको विवाद यसरी मिल्यो



असार २४, २०७४ काठमाडौं

विधानको प्रस्तावनामा नेताको नम नराख्ने सहमति जुटेपछि राष्ट्रिय जनता पार्टी नेपाल दल दर्ताको प्रक्रियामा गएको छ। राजपाका नेताहरु शुक्रबार दिउँसो दलदर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे। आयोगले सम्पूर्ण कागजात अध्ययन गरेपछि ४५ दिनभित्र दर्ता गर्नेछ। दल दर्ताको निवेदन दिने क्रममा राजपाले केन्द्रीय सदस्यको सूची बुझाएको छैन। पार्टीको झण्डा, लोगो, विधान र घोषणापत्र मात्र बुझाएको छ। केही दस्तावेज बुझाउन बाँकी रहेको नेता मनिष सुमनले जानकारी दिए।

यसरी मिल्यो विवाद

नेताहरु राजेन्द्र महतो र अनिल झाले प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान छाडेपछि विधानमा सहमति जुटेको हो। सिहको नाम घोषणापत्रमा उल्लेख गर्ने गरी सहमति जुटेको नेता केशव झाले बताए। विधानको प्रस्तावनामा नाम राख्न नहुने पक्षमा महेन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव थिए। महन्थ ठाकुर भने तटस्थ बसेका थिए। अन्तरिम विधान भएकाले सहमति जुटाउन सजिलो भएको नेता मनिष सुमनले बताए। उनका अनुसार एक वर्षभित्र महाधिवेशन गर्ने र त्यहाँबाट पारित विधान सबैले स्वीकार गर्ने सहमति पनि भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्