काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीकोको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकले पार्टी नियमावलीलाई टुंगो लगाउने बुझिएको छ। मंगलबार बसेको नेकपाको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीको टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको थियो। स्थायी कमिटीको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको नियमावलीलाई परिमार्जन सहित सचिवालयले पास गर्नुपर्ने धारणा स्थायी कमिटी सदस्यहरुले राखेका थिए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।