विश्वकपमा भविष्यवाणी गर्ने बिरालोकाे मृत्यु



जारी विश्वकप फुटबलका भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । बिरालोको निधनपछि चिनियाँ सोसल मिडियामा हजारौँ मानिसहरुले श्रद्धाञ्जली दिएका छन्।

यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो ।

यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्राहलयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो ।

अन्तिमपटक बिरालोले नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित्ने सही भविष्यवाणी गरेको थियो । सोही भविष्यवाणी उसको अन्तिम भविष्यवाणी बन्यो ।

बिरालो एक्कासि विरामी परेको र मंगलबार उसको मृत्यु भएको संग्राहलयले जनाएको छ ।

बिरालोको मृत्युपछि झण्डै १० हजारभन्दा धेरै मानिसले सोसल साइटमा निधनप्रति शोक व्यक्त गरेका छन् ।

धेरैले मृतक बिरालोको स्वर्गमा बास होस् र आत्माले शान्ति पाओस् भनेर कामना गरेका छन् ।

हालै जापानमा विश्वकपअन्तर्गत जापानले खेलेका तीनवटै खेलको सही भविष्यवाणी गर्ने अक्टोपसलाई माछा व्यापारीले मासुका लागि मारेको खबर आएको थियो ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्