काठमाण्डौ २४ असार।
केहीदिन परेर रोकिएको पानी फेरि आजबाट पर्ने भएको छ । केही ठाउँमा आजबाट फेरि भारी वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज साँझबाट तीन दिनसम्म देशैभर मौसममा बदली हुने तथा वर्षा हुने जनाएको छ । महाशाखाले तीन मध्य तथा पुर्वी क्षेत्रमा अबको तीनदिन सम्म र अन्य भागमा पनि भारी वर्षा हुने सम्भावना पूर्वानुमान गरेको हो ।
आज साँझ देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताउनुभयो । पश्चिम क्षेत्रमा आज ठूलो पानी पर्नेछ । देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेपनि भोली र पर्सी दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
पूर्वी तथा मध्य क्षेत्रको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उहाँले वर्षाले प्रभावित हुने क्षेत्रमा सचेत रहन पनि आग्रह गर्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।