नेपाल टेलिकमले ल्याण्डलाइन सेवा स्तरोन्ती गर्ने



काठमाडौं, असार २४ – नेपाल टेलिकमले अहिले संचालनमा रहेका सम्पूर्ण ल्याण्डलाइन फोनको स्तरोन्नती गर्ने भएको छ । पुरानो टिडिएम प्रविधिलाई रुपान्तरण गरी आइपी बेस्ड उपकरण बनाउने टेलिकमले जनाएको छ ।नयाँ प्रविधिको विकाससँगै सेवालाई गुणस्तरीय बनाउनको लागि सेवा रुपान्तरण गर्न लागेको टेलिकमका प्रवता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

शनिबार सेवाको सुरुवात सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले  ललितपुरको ग्वार्कोस्थित टेलिकमको एक्सचेन्ज कार्यालयमा रहेका टेलिफोनहरुलाई आइ पी वेस्डमा रुपान्तरण गरेर गर्नुभयो । आगामी दुई महिना भित्रमा देशभरिका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणलाई आइपी बेस्ड उपकरणमा रुपान्तरण गरिने टेलिकमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्