मुख्य समाचार

रोल्पामा पहिरोले घर पुरीयो

By थाहा अनलाइन

July 08, 2017

रोल्पा ,२४ असार रोल्पामा नव निर्वाचित वडा सदस्यको घर पहिरोले पुरिएको छ । रोल्पा नगरपालिका वडा नं ८ जँकोटस्थित देउजना खत्रीको घर पहिरोले पुरिएको हो । वडा नं ८ बाट महिला सदस्यमा भर्खरै नव निर्वाचित देउजना खत्रीको घर माथिबाट ठुलो पहिरो खसेपछि घर बताएको प्रहरीले जनाएको छ । गएरातीको पहिरोले घरसँगै घरनजिकैको मकैबारी समेत बगाएर सखाप पारेपछि घरपरिवार बिचल्लीमा परेका छन।