गुफामा फसेको १५ दिनपछि ४ बालकको उद्दार



सैघाली खबर, २५ असार ।
उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार आज सोमवार गर्ने तयारी छ ।

गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ ।  उनीहरुलाई अहिले अस्पताल लगिएको छ ।

सोमबार बाँकी ९ जनालाई उद्दार गरिनेछ । गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक छन् । गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि कुल ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्