बन्दका कारण गाडी नचल्दा यात्रुलाई समस्या



सैघाली खबर, २५ असार ।

गण्डकी प्रदेश बन्दका कारण सार्वजनिक गाडी नचल्दा यात्रुलाई समस्या भएको छ । तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन् ।

पोखरालगायतका क्षेत्रमा शिक्षण  संस्था र बजार, पसल पनि खुलेका छैनन् । प्रदेशसभाले साविक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले बन्द गराएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्