FILE- In this Oct. 11, 2015 file photo, Nepal's Khadga Prasad Oli addresses the parliament before being appointed as the new Prime Minister in Kathmandu, Nepal. Oli has resigned before facing a confidence vote in parliament that he expected to lose. (AP Photo/Niranjan Shrestha, File)

प्रदेश ३

डा. केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्रीको प्रयास

By थाहा अनलाइन

July 09, 2018

सैघाली खबर, २५ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग सम्वाद गर्न खोजेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले डा. केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा. केसीसम्म पुर्‍याएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैंले डा. केसीसँग फोनमा नै सम्वाद गर्न चाहेको स्रोतले बताएको छ । तर, अहिलेसम्म कुनै फोन नआएको डा. केसीसँगै रहेका किशोर केसीले जानकारी दिए ।

चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।