नेकपा एमालेले चुनावी प्रचारका क्रममा तुलसीपुर वजारका विभिन्न ठाउँमा टाँगिएका झन्डा निकाल्यो



दाङ ,२४ असार
नेकपा एमाले तुलसीपुरले चुनावी प्रचारका क्रममा तुलसीपुर वजारका विभिन्न ठाउँमा टाँगिएका झन्डा निकालेको छ । तुुलसीपुर वजारलाई सृन्दर र समृद्ध वनाउने अभियानमा लागेको एमालेले शनिवार सार्वजनिक ठाउँमा टाँगिएका झन्डा निकालेको हो ।

तुलसीपुर उप महानगरपालिकाका नव निर्वाचित मेयर घनश्याम पाण्डेले पोलमा रहेका झन्डा निकालेर अभियानको थालनी गरेका थिए । उनले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि आफुले काम गर्ने वताएका थिए । ‘तुलसीपुर सुन्दर, हरियाली र वासनायुक्त शहर हुनेछ ’ पाण्डेले भने ।

यसैगरि कार्यक्रममा तुलसीपुर उप महानगरपालिका वडा नम्वर ६ का नवनिर्वाचित अध्यक्ष नवराज लामिछाने , एमाले जिल्ला कमिटी सदस्य पदम केसी, प्रेस चौतारी दाङ्गका सचिव वसन्त विवश आचार्य , पदम पोख्रेल, सुनिल आचार्य, सेवकराम भण्डारी लगायतले अभियानमा सहभागिता जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्