मुख्य समाचार

नेकपा एमालेले चुनावी प्रचारका क्रममा तुलसीपुर वजारका विभिन्न ठाउँमा टाँगिएका झन्डा निकाल्यो

By थाहा अनलाइन

July 08, 2017

दाङ ,२४ असार नेकपा एमाले तुलसीपुरले चुनावी प्रचारका क्रममा तुलसीपुर वजारका विभिन्न ठाउँमा टाँगिएका झन्डा निकालेको छ । तुुलसीपुर वजारलाई सृन्दर र समृद्ध वनाउने अभियानमा लागेको एमालेले शनिवार सार्वजनिक ठाउँमा टाँगिएका झन्डा निकालेको हो ।

तुलसीपुर उप महानगरपालिकाका नव निर्वाचित मेयर घनश्याम पाण्डेले पोलमा रहेका झन्डा निकालेर अभियानको थालनी गरेका थिए । उनले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि आफुले काम गर्ने वताएका थिए । ‘तुलसीपुर सुन्दर, हरियाली र वासनायुक्त शहर हुनेछ ’ पाण्डेले भने ।

यसैगरि कार्यक्रममा तुलसीपुर उप महानगरपालिका वडा नम्वर ६ का नवनिर्वाचित अध्यक्ष नवराज लामिछाने , एमाले जिल्ला कमिटी सदस्य पदम केसी, प्रेस चौतारी दाङ्गका सचिव वसन्त विवश आचार्य , पदम पोख्रेल, सुनिल आचार्य, सेवकराम भण्डारी लगायतले अभियानमा सहभागिता जनाएका थिए ।