गंगामायाले अनशन तोडिन् त ?



सैघाली खबर, २५ असार ।

गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनशन तोड्न आग्रह गरेका छन् ।

तर, गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् । छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छ भन्ने प्रश्न गरेकी छन् । भेटमा उपस्थित मानवअधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘उहाँले अनशन तोड्न मान्नुभएन ।’

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गनर्ेे लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले सम्भव नभएको एक अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्