बर्तमान सरकार कम्युनिष्ट हो भनेर भ्रम नपरे हुन्छ ’ राजमो अध्यक्ष केसी 



दाङ,२५ असार । राष्ट्रिय जमोर्चाका केन्दीय अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकार कम्युनिष्ट सरकार हो भनेर भ्रममा नपर्न जनतालाई आग्रह गर्नु भएको छ । प्रगतिशील पत्रकार संघ नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमम बोल्दै उहाँले यस्तो वताउँनु भएको हो । बर्तमान सरकार कम्युनिष्ट बिचारबाट स्खलित भएको वताउँदै आफुलाई कम्युनिष्ट हौ भन्ने कुरा कार्यशैलीले प्रस्ष्ट पारेको वताउँनुभयो ।

पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष केसीले बर्तमान सरकार संसदीय सरकार भएकोले जनताको मुक्ति यो सरकारबाट सम्भब नभएको वताउँनुभयो । नेपालमा आर्थिक कारणले संघीयता सम्भव नभएको वताउँदै संघीयता नेपालमा लामो समय सम्म टिक्न नसक्ने वताउँनुभयो ।

८ सय ८४ संसद र १ सय ५० मन्त्रीलाई ६० लाख युवाले बिदेशबाट पठाएको रेमीट्यान्सले कसरी धान्न सकिन्छ केसीले भन्नुभयो । सात वटै प्रदेशका मुख्य मन्त्रीलाई संघीयता खारेजको माग गर्दै ज्ञापनपत्र बुझाएको वताउँदै संमाजबाद उन्मुख संविधान आएपनि त्यस अनुरुपको निति तथा कार्यक्रम सरकारले ल्याउन नसकेको वताउँनुभयो ।प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष वलदेव विकले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्