अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्डको पछिल्लो अवस्था यस्तो



सैघाली खबर, २६ असार ।

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिनसडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ बजे घुमाउने लगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको सडको पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पानी पर्न पनि रोकिएकोले पहिरा हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका साथ कटाउने काम थालिएको खनालले जानकारी दिए । पानीपरेसँगैं आउने पहिरोले पटक–पटक सो खण्डखण्ड अवरुद्ध हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्