मुख्य समाचार

संविधान संशोधनमा सघाउन राप्रपालाई देउवा र प्रचण्डको आग्रह

By थाहा अनलाइन

July 08, 2017

२४ असार, काठमाडौं । सरकारले संविधान संशोधनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणासँग छलफल गरेका हुन् । बैठकमा संविधान संशोधन र राप्रपाको सरकारमा सहभागिताबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन् त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका छन् ।

‘राजपालार्इ चुनावमा सहभागी गराउन संविधान संशोधनमा सहयोग गरिदिन प्रधान देउवा र प्रचण्डले आग्रह गर्नु भएको छ’ राप्रपा अध्यक्ष थापाले भने, ‘यसबारेमा पार्टीमा छलफल गरेर हामी उपयुक्त निर्णय गर्नेछौं भन्ने जानकारी गराएका छौं ।’

सरकारले शुक्रबार मात्र राजपा नेताहरुसँग छलफल गरेर संशोधन अघि बढाउने बचन दिएको थियो ।

सरकारमा राप्रपाको सहभागिताबारे सामान्य कुराकानी भएपनि कुनै सहमति भएको छैन ।