संसदीय सुनुवाई समिति बैठकको कार्यविधि बनाउन ३ सदस्यीय उपसमिति



सैघाली खबर, २६ असार ।

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकका लागि कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन भएको छ । जसमा योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल केवट सदस्य रहेेका छन् ।

संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत गरेको थियो । जसमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

त्यस्तै राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव रहेका छन् । संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्