डा. केसीको मागबारे देव गुरुङले किन यस्तो भने ?



सैघाली खबर, २६ असार ।

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताए ।

चिकित्सा विधेयकका बारे जुम्लामा अनसनरत गोविन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहे पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको बताए । जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएको उनले बताए ।

निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले निर्णय गरेको बताए । उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सिर्जना भएको उउनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्