चीन लैजाने गै‌ंडाको चितवनमा यसरि गरियो विदाइ



सैघाली खबर, २६ असार ।

चीनलाई उपहारस्वरुप दिन लागिएको एकसिंगे गैंडाको जोडीलाई आज चितवनबाट काठमाडौं पठाउने तयारी भएको छ । यही असार २८ गते गैंडालाई चीन पठाउने कार्यक्रम छ । ती गैंडालाई काठमाडौं लगेर सदर चिडियाखाना जाउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले जानकारी दिए ।

गैंडाको विदाईका लागि सौराहामा एक कार्यक्रमको आयोजना गरिएको छ । एक बिषेश प्रकारको खोरमा राखेर लैजाने प्रमुख संरक्षण अधिकृत ढकालले बताए । गैंडासँगैं २ जना चिकित्सक, ३ जना अन्य प्राविधिकसहित १४ जनाको टोली जाँदैछ । नेपाल भित्र नै गैंडा वा अन्य जनावर स्थानान्तरण गरेको जस्तैं गरी काठमाडौं लैजाने उनले बताए ।

निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैंडा पठाउन लागिएको हो । चीनले आगामी असार २८ बिहीबार गैंडा बोइङमा राखेर ४ बजे नेपालबाट लैजाने कार्यक्रम छ । चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् ।

चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई चीन पठाउन लागिएको हो ।डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैंडालाई ल्याएर एक विशेष प्रकारको काठको खोर -पिट बुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाउने काम गरिएको थियो ।

एकै बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकोले अर्को एक जोडी गैडालाई अर्को बर्षमात्रै पठाइने छ । चीन पठाउने थप दुई गैंडालाई पनि बुमामा राखिएको छ । उनीहरुलाई चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म २६ गैंडा उपहारस्वरुप पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्