जेसीजद्धारा जनप्रतिनिधीलाई सम्मान



दाङ, असार २४
अमिता चौधरी


त्रिभुवननगर जेसिजले घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरी, उपमेयर सिता न्यौपाने लगायतलाई एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको छ ।
त्रिभुवननगर जेसिजका अध्यक्ष दिपक समीरको अध्यक्षता एवम् प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरी र सिता न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसै विच हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित हुनुभएका वडानम्वर १५ वडाध्यक्ष रमेशकुमार पाण्डे, सोहि वडाका सदस्य सनतकुमार श्रेष्ठ, त्यसैगरी वडा नं. १४ का सदस्य गुलाम रसुललाई खादा र टिका लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । सम्मान कार्यक्रमा बोल्दै घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरीले अत्यावश्क पूर्वाधारहरु लाई सुधारदै लैजान,े बाटो तथा निर्माणधिन अबस्थामा रहेका पुल र खानेपानिको समस्या लाई निराकरण गरी घोराही उपमहानगरपालीका लाई स्मार्ट सिटीको रुपमा विकसीत बनाउन सक्रिय भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी उपमेयर सीता न्यौैपानले बञ्चीत महिलालका हक अधिकार तथा मुद्धाहरु लाई सजिलै न्याय दिलाउन मुख्य निर्वाह खेल्ने दाबि गर्नुभयो ।
लालमणी भण्डारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा दाङ महिला जेसीजकी अध्यक्ष निरजा पोख्रेल, त्रिभुवननगर जेसिजका पूर्वअध्यक्ष मनोज बुढाथोकि लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण जेसिजका अध्यक्ष दिपक समिरले गर्नुुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्