दाङ २६ असार । नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोईरालाको राजिनामा माग गरिएको छ । विश्वबिद्यालयको ऐन नियम मिचेर उपकुलपति बिदेश भ्रमणमा जान खोज्नुले बिश्वबिद्यालयमा त्यस्ता धेरै गैर कानुनी काम भएको प्रष्ट हुने भन्दै अखिल क्रान्तिकारी जनता बिद्यापीठ र अनेरास्वयु जनता बिद्यापीठले राजिनामा माग गरेका हुन् ।शिक्षा मन्त्रालको बिज्ञप्तिमा विश्वबिद्यालयले शिक्षा मन्त्रालयसंग कुनै पनि परिपत्र नगरेको तथा विश्वबिद्यालयको तर्फबाट कुनै स्पस्टीकरण नआउनुले गलत प्रबृतिको प्रोत्साहन गरिएको बुझिने भन्दै कोईरालाको राजिनामा माग गरिएको हो ।
साथै आफुहरुले विश्वबिद्यालयमा बिभिन्न मागहरुमा सहमती भएपनि ती सहमतीहरु कार्यान्वनयनमा बिश्वबिद्यालय उदासिन हुँदा बिद्यार्थीहरु मारमा पर्ने गरेको समेत बिज्ञप्तिमा उल्लेख छ । विश्वबिद्यालयका पदाधिकारी विद्यार्थीका समस्यासमाधान तथा बिद्यालयको स्तोरन्ती भन्दा पनि ब्यक्तिबादी रुपमा आफुखुसी गर्ने प्रबृति मौलाएको समेत बिज्ञप्तिमा उल्लेख छ ।बिज्ञप्तिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बिद्यापीठ ईञ्चार्ज दुर्गा बिक, बिद्यापीठ अध्यक्ष गणेश चौधरी, अनेरास्वबीयु जनता बिद्यापीठ ईञ्चार्ज सर्जन परियार, अध्यक्ष दिवस क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।