माओवादीले भन्यो ः चुनावी मैदानमा पराजय भएता पनि मुलुकको विकासका लागि सफल भएका छौ 



सैघाली अनलाईन खबर
२४असार दाङ । नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज जीवन गौतमले स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले पराजय व्याहोरे परेता पनि मुलुकको विकास र राजनितिक रुपमा सफल र विजयी भएको वताएका छन । नेकपा माओवादी केन्द्र घोराही उप–महानगरपालिका समितिले उप–महानगरपालिका भित्र जितेका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका थिए ।

प्रमुख अतिथि समेत रहेका पोलिटब्यूरो सदस्य एवं माओवादी केन्द्र दाङका इञ्चार्ज गौतमले प्राविधिक रुपमा चुनाव हारे पनि राजनीतिक पहलकदमीका हिसाबले चुनाव जितेको बताए । साथै उनले जीत हार जे भए पनि निरन्तर जनप्रतिनिधिको रुपमा खट्न सबै उम्मेदवारलाई निर्देशन दिए । ‘मत तलमाथि हुने एउटा कुरा हो, जितेकाले जिती हाल्नुभयो, हारेका साथीहरुले बेतलबी जनप्रतिनिधिको रुपमा निरन्तर खट्नुहोस, म पनि घोराहीमा पाँच बर्ष तलब नखाने र हस्ताक्षर नचल्ने मेयरको रुपमा रहने छु ’ उनले भने हार जित त्यो प्राविधिक कुरा हो । तर पराजय भए पनि जनताको सेवाका लागि सधै लागि रहने वताए ।
अर्का पोलिटब्यूरो सदस्य एवं निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले दाङमा माओवादीको पक्षमा उर्जाशील परिणाम आएको बताए । एक सय वडा रहेको दाङमा ३३ वडामा प्रतिनिधित्व कायम गरेको र मतसंख्याका हिसाबले २३ प्रतिशत मत प्राप्त गरेको उनले बताए । ‘दाङमा पार्टी निर्माणको जग खडा भएको छ, अब यसमा टेकेर आगामी दिनमा सहजरुपमाअघि बढ्न सकिने बाटो खुलेको छ’–
अर्का पोलिटब्यूरो सदस्य एवं चुनाव परिचालन समिति घोराहीका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ले दाङमा माओवादीले धेरैले सोचेभन्दा फरक परिणाम ल्याएको बताए। यो चुनावसँगै अब फेरि दाङमा माओवादी हावी भएको र माओवादी आन्दोलनको मूलधार कायम राखेको पुष्टि गरेको बताए ।

अहिलेका सबै मतदातालाई संगठित गरेर अघि बढ्ने उल्लेख गर्दै उनले आगामी बिजयका लागि संगठनात्मक आधार तयार भएको बताए ।संयोजक शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर अध्यक्ष विश्वराज आचार्यलेगरेका थिए भने उपाध्यक्ष प्रमोद शर्माले स्वागत गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्