सवारी दुर्घटनामा १ जनाको मृत्यु ,६ घाईते



सैघाली अनलाईन खबर
२४ असार , दाङ । दाङको देउखुरीमा बस दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भने ६ जना घाईते भएका छन । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा शनिवार अपह्रान साढे ४ बजे वस पल्टिदा बसका साहुको भाई ववई गाउँपालिका चरकमटीया निवासी २७ वर्षिय विजय डाँगीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख ८९०७ नम्बरको तिव्रगतिकाका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । वसमा सवार अन्य ६ जना घाईते भएका छन । घाईते मध्य एक जनालाई उपचारको लागी कोहलपुर रिफर गरिएको छ । घाईते हुनेहरुमा लमही–७ निवासी ५३ बर्षिय भगवती शर्मा, लमही–६ निवासी ३७ वर्षिय पुष्पा चौधरी, सोही ठाउँ निवासी १९ वर्षिय गिता चौधरी, राजपुर गाउँपालीका–४ निवासी ३४ वर्षिय शान्ति डाँगी, लमही–५ पनवासी ३० वर्षिय अनिता चौधरी, सोही ठाउँ निवासी २ वर्षिय भोक्टोरी खनाल रहेका छन । भगवती शर्मालाई उपचारको लागी कोहलपुर लगीएको छ भने, अन्य पाँच जना प्राथमिक उपचार पछी घर फर्कीएको लमही अस्पतालले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्