उपकुलपतिको राजिनामा माग



दिपक बोहरा,
तुलसीपुर २७ असार ।

नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोईरालाको राजिनामा माग गरिएको छ । विश्वबिद्यालयको ऐन नियम मिचेर उपकुलपति बिदेश भ्रमणमा जान खोज्नुले बिश्वबिद्यालयमा त्यस्ता धेरै गैर कानुनी काम भएको प्रष्ट हुने भन्दै अखिल क्रान्तिकारी जनता बिद्यापीठ र अनेराश्वबियू जनता बिद्यापीठले राजिनामा माग गरेका हुन् ।

शिक्षा मन्त्रालको बिज्ञप्तिमा विश्वबिद्यालयले शिक्षा मन्त्रालयसंग कुनै पनि परिपत्र नगरेको तथा विश्वबिद्यालयको तर्फबाट कुनै स्पस्टीकरण नआउनुले गलत प्रबृतिको प्रोत्साहन गरिएको बुझिने भन्दै कोईरालाको राजिनामा माग गरिएको हो ।

साथै आफुहरुले विश्वबिद्यालयमा बिभिन्न मागहरुमा सहमती भएपनि ती सहमतीहरु कार्यान्वनयनमा बिश्वबिद्यालय उदासिन हुँदा बिद्यार्थीहरु मारमा पर्ने गरेको समेत बिज्ञप्तिमा उल्लेख छ । विश्वबिद्यालयका पदाधिकारी विद्यार्थीका समस्यासमाधान तथा बिद्यालयको स्तोरन्ती भन्दा पनि ब्यक्तिबादी रुपमा आफुखुसी गर्ने प्रबृति मौलाएको समेत बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बिद्यापीठ ईञ्चार्ज दुर्गा बिक, बिद्यापीठ अध्यक्ष गणेश चौधरी, अनेरास्वबीयु जनता बिद्यापीठ ईञ्चार्ज सर्जन परियार, अध्यक्ष दिवस क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्