दाङमा काग्रेसका १५ कार्यकर्तालाई कारबाही गर्न सिफारिश



सैघाली अनलाईन खबर
२४ असार दाङ ।  नेपाली काग्रेस साबिक धनौरी पार्टी ईकाईले आफ्ना १५ जना कार्यकर्तालाई कार्बाहीका लागि जिल्ला पार्टीमा सिफारिश गरेको छ । स्थानीय तहको निर्बाचनमा अन्र्तघात गरेको भन्दै क्षेत्रीय प्रतिनिधि, गाउपार्टी उपसभापति, सचिबलगायत १५ जनालाई कारबाही गर्न सिफारिश गरेको हो ।

धनौरी गाउ ईकाई सभापति रत्न बहादुर भण्डारीको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र उम्मेदवार दिएका क्षेत्रीय प्रतिनिधि हेमन्त योगी , क्षेत्रीय प्रतिनिधि लक्ष्मी प्रशाद धित्ताल , सााबिक धनौरी गाउपार्टी उपसभापति मनोहर शर्मा दाहल , सचिब दलिप बस्नेतलाई कारबाहीका लागि सिफारिश गरेको हो ।

त्यस्तै काग्रेसका क्रियाशिल सदस्य निम बहादुर बस्नेत ,लालबहादुर वली, खिमलाल वली, गंगाराम डाँगी, दुर्गा बहादुर केसी , देवेन्द्र प्रशाद पौडेल , मोम प्रसाद न्यौपाने , मान बहादुर बुढाथोकी , छविलाल खत्री , शुसिला शर्मा , रमा बुढाथोकीलाई कारबाही गर्न सिफारिश गरेको हो ।

पार्टीको निर्णय बिरुद्ध स्वतन्त्र उम्मेदवार दिएको, ऐजेण्ट बसेको , स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारमा सहयोग गरेको भन्दै उनीहरुलाई कारबाही गर्न सिफारिश गरिएको काग्रेस धनौरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्