दिपक बोहरा,
तुलसीपुर २७ असार ।
तुलसीपुरमा गोल्डेन चपिस्टिक रेष्टुरेन्ट सञ्चालमा आएको छ । तुलसीपुर ९ दोघरेमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । तुलसीपुरमै नयाँ शैलीबाट उक्त रेष्टुरेन्ट सञ्चालित छ । जहाँ चाईनिज, ईन्डिएन्, नेपाली परिकारहरु पाउन सकिने पसल सञ्चालकहरुले बताएका छन् । साथै अष्ट्रिचको मासुपनि पाईने पसल सञ्चालक रत्न घर्ती मगरले बताए । रोजगारको शिलशिलामा लामो समय बिदेश बसेर आएकाहरुले अब नेपालमै ब्यबसाय गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर नयाँ शैलीबाट ब्यबसाय शुरु गरेका हुन् । करिब २३ लाखको लगानीमा होटेल सञ्चालनमा ल्याईएको रेष्टुरन्ेट सञ्चालक कृति केसीले बताए । उक्त रेष्टुरेन्टले बिहान १० बजे देखि साँझ साढे ११ बजेसम्म निःशुल्क होमडेलिभेरीको पनि ब्यबस्था गरेको छ । साथै बिशेष छुटका साथ कर्पोरेट ईभेन्ट, जन्मदिन मनाउन सकिने, बिभिन्न पार्टीहरुको आयोजना गर्न सकिने सञ्चालक घर्तीले बताए । नयाँ ब्यबस्थापन तथा नयाँ शैलीबाट उक्त पसल सञ्चालनमा ल्याईएको उनले बताए । यसैबीच पसलको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । पसल सञ्चालक रत्न घर्ती र कृति केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका महासचिब रुप बहादुर खत्रीले ब्यापार ब्यसायमा लगानी बढ्नु सुखद भएको बताए । उनले तुलसीपुरमा नयाँ शैलीबाट पसल सञ्चालन हुँनु सकारात्मक भएको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रेमविवस घर्तीले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।