अंकित डि.सी,
दाङ २८ असार ।
राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएनको) नेपालगंज अडिसन राउण्ड यहि असार ३० गते नेपालगंजमा आयोजना हनेभएको छ ।
डिटेन इन्टरटेन्मेन्ट द्धारा संचालित डान्स आइकन नेपाल (डिआइएनको) नेपालगंज अडिसनको सम्पुर्ण तयारी पुरा भएको नेपालगंज अडिसन संयोजक रितेश गौतमले जानकारी दिनुभयो ।
यसै बिच नेपालगंजमा आयोजना हुनलागेको अडिसनमा भागलिन सम्पुर्ण नृत्यकार ता नृत्याङ्गणा हरुलाई डिटेन इन्टरटेन्मेन्टले सबैमा आग्रह गरेको छ ।
डान्स आइकन नेपाल (डिआइएनको) को प्रथम सुभाम्भ अडिसन प्युठान मा सम्पनन भइसकेको छ ।
डान्स आइकन नेपाल (डिआइएनको) बिजेताले स्कूटि सहित प्रमाण पत्र तथा मेडल तथा अवार्डले सम्मान गरीने आयोजक संस्थाका अध्यक्ष बिष्णकुुमार देवकोटाले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।