सागर थापा ,
दाङ २८ असार ।
घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर स्थित इलाका प्रहरी कार्यालय को ९क० बर्गमा स्तरोन्नती नहुँदा जनताहरुले प्रभावकारी प्रहरी सेवा नपाएको सरोकारवालाहरुले बताएका छन् । बि।सं २०३६ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयमा हाल २३ जनाको दरबन्दिभएपनि २० प्रहरी नायब निरिक्षक ९सब इन्सपेक्टर सइ०को कमाण्डमा २० जना कार्यरत रहेको सइ भिम बहादुर खड्काले जानकारी दिनुभयो ।
हाल कार्यालय रहेको जग्ग कुवाको नाममा सरकारी रेकर्डमा देखिएको हुदा स्तरोन्नतीमा समस्या रहेको खड्काले बताउनुभयो । विभिन्न समयमा लेखापढि गरी इप्रकाको स्वामित्वमा जग्ग ल्याउन पहल गरिएता पनि सफल हुन नसकेको वडा नं १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी निर्मल ले बताउनुभयो । “कुवाको जग्गालाई इप्रकाको नाममा नामसारी गर्नका लागि भर्खरै वडा बाट सिफारिस गरेको छु” डाँगि ले भन्नु भयो ।
बढ्दो जनघनत्व, उत्तरमा महाभारत पर्वत ९साविकको हापुर गा।वि।स० र दक्षिणमा चुरे पर्वत ९साविक ढिकपुर गा।वि।स० कार्यक्षेत्र, बढ्दो फौजदारी तथा देवानी प्रकृतिका अपराधहरु को बढ्दो ग्राफ चार्टले इप्रका नारायणपुरको स्तरबृद्धि नभए थेग्न नसक्ने नेपाली काँग्रेस साविक त्रिपुर नगरसभापति दिपक पाण्डेले बताउनुभयो ।
“क” बर्गमा स्तरोन्नति नहुादा आवस्यक पर्ने प्रशिक्षित दरबन्दि, सेवा सुबिधा तथा बजेटको व्यवस्था नेपाल सरकारबाट नहुने हुँदा इप्रका बाट प्रभावकारी कार्यसम्पादन हुन नसक्ने पाण्डेको भनाई छ ।
स्थानीय तहमा अपराध नियन्त्रण, मुद्धा चलान तथा फस्र्योट, दरबन्दि थप नहुँदा पर्ने समस्या तथा आफ्नो स्वामित्वमा जग्गा नहुँदा आवस्यक भवन समेत निर्माण गर्ननसक्ने अवस्था इप्रका रहेको नेपाल कम्युनिस्ट पार्टिका नेता तथा तत्कालिन नेकपा एमाले त्रिपुर नगरकमिटिका अध्यक्ष सुदन के।सीले बताउनुभयो । प्रहरले जनताका साथ लिएर अप
राध नियन्त्रणमा खेल्न सक्ने महत्वपुर्ण भुमिका समेत आवस्यक जनशक्तिकै अभावमा काम गर्ननसकिएको के।सीको भनाइ छ ।
निजि क्षेत्रको लगानी बिस्तार, बैक तथा वित्तिय संस्थाहरुको सुरक्षा, बढ्दो प्राकृतिक तथा नदिजन्य पदार्थहरुको चोरी निकासीमा अंकुस लगाउन आवस्यक जनशक्ति अभावकाकारण नसकिएको भनाई छ वडा नं १०का वडा सदस्य तथा न्यायीक समितिका सदस्य काँसिराम खनालको । “आम नागरीकको जीउ धनको सुरक्षाको ग्यारेन्टि नेपाल सरकारको ” यसकारणपनि इप्रकाको स्तरबृद्धि आवस्यक रहेको खनालको खनाई छ । “यस क्षेत्रमा जनसंख्याको आधारमा मैजुदा प्रहरी जनसंख्या पर्याप्त होइन ” खनालले भन्नु भयो ।
यस क्षेत्रमा शान्ति तथा अमन चयन कायम गर्न पटक पटक यहाँको नागरीक समाज तथा सरोकारवाला निकायबाट पहल नभएको भने होईन । तर पहलले मूर्तरुप लिन सकेको छैन । तत्काल नारायणपुर इप्रकाको स्तरबृद्धिका लागि नागरीक समाजले सम्बन्धि पक्ष समक्ष जोडदार माग समेत गरेको छ ।
ऐनमा कुनैपनि इप्रकाको स्तरबृद्धिका लागि जिल्ला सुरक्षा समिति बाट सिफारीस भई अर्थमन्त्रालयले बजेट बिनियोजन गरी गृहमन्त्रालय बाट स्विकृति लिएको हुनु पर्ने प्राबधान राखिएको छ ।
साविक नारायणपुर गा।वि।स तत्पस्चात नारायणपुर,हापुर र ढिकपुरको एकिकृत रुप त्रिपुर नगरपालिका र हाल घोराही उपमहानगरपालिका को अंश वडा नं १०,११ र १२ मा करीब ३५ हजार जनसंख्याको बसोबासरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।