मुख्य समाचार

दाङको घोराहीदेखि रोल्पाको होलेरी जोडने सहिदमार्ग पहिरो जाँदा अवरुद्ध

By थाहा अनलाइन

July 09, 2017

दाङ, २५ असार 

अविरल वर्षातका कारण पहिरो जाँदा दाङको घोराहीदेखि रोल्पाको होलेरी जोडने सहिदमार्ग अवरुद्ध भएको छ । घोराही–होलेरी सडकखण्डको दुईखोली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिवारदेखि नै उक्त सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा दाङदेखि रोल्पा जाने यात्रुहरुलाई समस्या परेको छ । यसअघि पनि सो सडकखण्ड सोही स्थानमा पहिरो जाँदा करीव दुई साता अवरुद्ध भएको थियो ।