विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस विजयी, ३ स्थानीय तहको आउन बाँकी



असार २५

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मुलुकको कान्छो महानगरपालिकाको मेयर र उपमेयरका कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका का भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी भएका छन् । पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनभएको हो । उनका निटकतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १ सय ४६ र उहाँकी निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५ सय ३६ मत ल्याउनुभयो । विराटनगरमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले मेयर उपमेयरमा तालमेल गरेका थिए । काँग्रेसले एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको थियो । अब तीन तहको परिणाम मात्रै आउन बाँकी रहेको छ । धरान उपमहानगर, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनरबास नगरपालिकाको परिणाम आउन बाँकी रहेको छ । तीनवटै तहमा एमाले अगाडी छ ।
पछिल्लो मत परिणाम अनुसार धरानमा एमालेका तारा सुब्बाले १३ हजार ७ सय ५० र उपमेयर मंजु भण्डारी १३ हजार ६ सय ३८ मत पाउनु भएको छ । त्यस्तै कांगे्रसका तिलक राइले १० हजार ३७ र उपमयेर श्यामा रेग्मीले १० हजार १४८ मत पाउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्