बर्तमान ओली सरकार सर्वसत्ताबाद तर्फ उन्मुख-राष्ट्रिय सभा सदस्य अनिता देवकोटा (भिडीयो सहित)



बिष्णकुुमार देवकोटा,
दाङ २९ असार ।
राष्ट्रिय सभाका सदस्य माननीय अनिता देवकोटाले बर्तमान ओली सरकार अधिनायक बादतर्फ उन्मूख भएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” ले काँग्रेस पार्टि नेपाली जनतालाई चाँहिदैन भन्ने अभिव्यक्ति लाई लक्षित गर्दे देवकोटाले नेपाली काँग्रेस बलियो प्रतिपक्षको भुमिका निभाउने बताउनुभयो ।

“देशमा भएका हरेक राजनैतिक परिवर्तनहरु नेपाली काँग्रेसकै नृतृत्वमा सम्पन्नभएका छन्” देवकोटाले भन्नु भयो । राजा, राणा फाल्ने काँग्रेस, झापा बिद्रोह र माओवादी बिद्रोहलाई बयालेटमा ल्याउने पार्टि लाई असान्दिर्भीक भयो भन्नु दीवा श्वप्न मात्र हो देवकोटाले भन्नु भयो । “इतिहाँस साक्षि छ काँग्रेसलाई जसजसले दुस्मन देखे तिनीहरु को अस्तित्व बिलन भएको छ ” देवकोटाले आक्रोसित हुँदै भन्नु भयो ।

सोसल साईट्स मा बिरोध गर्नबाट बञ्चित गर्नु, पत्रकारीता जगतमा माथी हमला, डा.गोबिन्द के.सी.को माग पुरगर्ने सवालमा उदासिन हुनु, नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपति माथि बिदेश जान रोक लगाएतका बर्तमान घटनाहरुले सरकार निरंकुश बन्दै गएको आभास भएको छ । “काँग्रेसले बर्तमान सरकारको अलोकतान्त्रिक कदमको डटेर सामन गर्दछ” देवकोटाले भन्नु भयो ।

बिकाश, शन्ति, स्थाइत्व काँग्रेसका उपहारहरु भएको भन्दै जनजीविका संग जोडिएका बिकास निर्माणका कामहरु गर्न सरकारलाई कसले रोकेको छ ? देवकोटाले प्रतिप्रस्न गर्नुभयो । एक प्रसंगमा देवकोटाले नारायणपुर क्षेत्रमा बन्न लागेको अन्तरािष्ट्रय बिमान स्थाल बन्नु पर्ने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्