सल्यानमा यात्रुवाहक बस सडकबाट १०० मि तल खस्यो, २ दर्जन बढि घाइते १ सिकिस्त



सल्यान

२५(असार

सल्यानमा यात्रुवाहक बस सडकबाट  तल खस्दा सल्यानमा दर्जनौं घाइते भएका छन् । दाङ घोराहिबाट रुकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस त्रिवेणि गाउँपालिका वडा नम्बर ५ स्थीत टुनिबोट र सल्लेखोलाको विचमा सडकबाट तल खेतमा खस्दा २ दर्जन बढि घाइते भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

 

इप्रका लुहाम इन्चार्जका लक्ष्मण डागीले अहिले घटना स्थलमा घाइतेहरुको उद्धारका लागी प्रहरीहरु खटिएको जानकारि गराउंदै पानी परिरहेका कारण समस्या भएको जनाए । स्कारपिओ गाडीलाइ साइड दिने क्रममा बस सडक छेउंबाट तल खसेको जनाइएको छ ।

 

घाइतेहरु मध्ये कतीपय गम्भीर रहेको पनि जनाइएको छ । उनीहरुको लुहाम लगाएतका स्थानमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बांकी छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्