रुकुममा बस दुर्घटना एकको मृत्यु, १६ घाइते



रुकुम २९ असार ।रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

मृतककी– सात महिनाकी छोरी, मुसिकोट नगरपालिका– १ का १६ वर्षीय चन्द्रबहादुर विक, सोही ठाउँकी तीन वषर्र््ीया देवी केसी, ५४ वर्षीय विष्णु बुढाथोकी, ११ वर्षीया झरना थापा, १६ वर्षीया दिविका बुढाथोकी र २० वर्षीया मनिषा विसी खड्का घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सल्लेका प्रमुख डा सुशील पोखरेलले जानकारी दिनुभयो ।

अन्य आठजना घाइतेको जिल्ला अस्पाताल सल्लेमा उपाचार भइरहेको उहाँले बताउनुभयो । गाडी सफा गर्न ल्याउने क्रममा सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गाडी सडकबाट करीब एक सय मिटर तल खोलामा सकेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्