मनोरञ्जन

मोडलिङमा जम्दै समिक्षा (फोटो फिचर)भिडीयो सहित

By थाहा अनलाइन

July 14, 2018

 

छोरी समिक्षा नायिका बनेको हेर्न रहर छ दाङ, ३० असार । घोराही उपमहानगरपालिका १५ की समिक्षा पौडेल यतिवेला मोडलिङ क्षेत्रमा बिस्तारै देखिन थालेकी छिन । सानै उमेर देखि नृत्य र अभिनयमा रुचि राख्दै आएकी पौडेललाई यति बेला घर परिवार र आमा बाले पनि उत्तिकै सहयोग गर्दै आउँनु भएको छ । २०६० सालमा साबिक धर्ना गाविस ३ घोराहीमा आमा देबका र बुवा एकराज पौडेको कान्छी छोरीका रुपमा जन्मिएकी समिक्षा पछिल्लो समय मोड्लिङ तर्फ भिज्दै जान थालेको समिक्षाको आमा देवका पौडेलले वताउँनुभयो ।

घोराही स्थित जनज्योती विद्यामन्दिर कक्षा १० मा अध्यनरत समिक्षाले पछिल्लो समय गोबिन्द मधुर आचार्य र मेलिना राई ‘तिमी दामी देखिन्छौ’ ‘मेलिना राईको’ कान्छी बोलको गीतमा समेत अभिनय गरेको आमा देवकाले वताउँनुभयो ।

खासमा छोराईलाई मोडेल भन्दा एउटा असल नायिका बनाउँन खोजेको वताउँदै सामाजिक परिबेश अनुसार छोराईलाई अशल नायिका बनेको हेर्ने रहर भएको आमा पौडेलले वताउँनुभयो ।

उत्सर्ग फिल्म प्रा.ली.ले सुरु गरेको डान्सिङ स्टार प्रतियोगितामा प्रथम भएर नगद ५० हजार नगद पुरस्कार प्राप्त गरेकी समिक्षा कलाकारिता क्षेत्रमा लागेकी थिईन ।