सल्यानः बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते



फोटो ः सुवोधराज शेर्पाइलीको फेसवुकवालवाट

सल्यान, असार २५ –सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आइतबार बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको हो ।

ज्यान गुमाएका दुईजना कै पहिचान नभएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ ।

 

केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको प्रहरीले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्