दाङ ३० असार ।उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्ष २०७४ ०७६ मा लक्ष्य भन्दा बढि मुद्धा फैसला गर्न सफल भएको छ । उच्च अदालत तुलसीपुरका सुचना अधिकारी रुद्रमणी गिरीका अनुसार चालुआर्थिक बर्षको अहिले सम्म ५ सय ७७ मुद्धा दर्ता भएकोमा ७० प्रतिशत मुद्धाको फैसला भएको हो । ७० प्रतिशत मुद्धा फैसला गर्ने लक्ष्य लिएको अदालतले ७३ प्रतिशत मुद्धा फैसला गरेको सुचना अधिकारी गिरीले बताए ।
अघिल्लो वर्षका तीन सय ७३ मुद्धा थिए भने यो बर्ष चार सय १२ गरी जम्मा सातसय ८५ मुद्धा दर्ता भएका थिए । अघिल्लो वर्षको बाँकी जिम्मेवारी सरी आएका मुद्धामा सरकारीवादी फैजदारीमा एकसय ८८ , दुनिँयाबादी देवानीमा ८९ , व्यक्तिगत फौजदारीमा ५६ , रिट निवेदनमा ६९ , शुरु मुद्धामा १० गरी जम्मा चारसय १२ मुद्धा दर्ता भएका थिए ।
जसमध्ये सरकारीवादी फैजदारीमा दुई सय ६० , दुुनियाँबादी देवानीमा एकसय ७४,व्यक्तिगत फैजदारीमा ७३, रिट निवेदनमा ५८ , शुरु मुद्धामा १२ गरी पाँच सय ७७ मुद्धा फैसला भईसकेको सुचना अधिकारी गिरीले बताए । बाँकी रहेका दुई सय ८ मुद्धाको यही आर्थिक वर्षमा फैसला गरिसक्ने योजना बनाएको बताए । उनले दिएको जानकारी अनुसार यस वर्ष बिगतकोब बर्ष भन्दा सम्बन्ध बिच्छेदका मुद्धा बढेका छन् । यस वर्ष सम्बन्ध विच्छेदका ६९ मुद्धा दर्ता भएकोमा ५८ निवेदनको फैसला भईसकेको छ । भने बाकी ११ मुद्धा यही आर्थिक बर्षमा फैसला गर्ने लक्ष्य छ । विशेष गरी सम्बन्ध विच्छेदका घटना बढ्नुको कारण घरेलु हिंसा, लामो समयसम्म वैदेशीक रोजगारमा बस्नु र दोस्रो विवहा गर्नुमुख्य कारण रहेका छन् । त्यस्तै आपसी कलह , मध्यपान , धूमपानपनि मुख्य कारण रहेको सुचना अधिकारी गिरीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।