राष्ट्रिय जनमोर्चा दाङ ले बिध्यमान अर्थ ब्यबस्था



राष्ट्रिय जनमोर्चा दाङ ले बिध्यमान अर्थ ब्यबस्था र संघीयता विषयक अन्तर्कृया कार्यक्रम गर्ने भएको छ । जिल्ला समितिको सचिबालयको बैठक पश्चात् अध्यक्ष गणेश आचार्य ले जारी गरेको बिज्ञप्ति मा उक्त कुरा उल्लेख गरिएको छ । अहिले संघीयता कार्यान्वयन कै नाममा जनताको ढाड सेक्ने गरि राजस्व वृद्धि गर्दै लगेको कुराले पनि संघीयता नेपालमा ठिक नभएको प्रमाणित हुदैछ । यसैको सन्दर्भमा यहि साउन ७ गते यो विषयमा अन्तर्कृया गर्न लागेको कुरा बिज्ञप्ति मा उल्लेख गरिएको छ । यसैगरी पार्टीको कार्यक्रम र बिचारको बिसयमा कार्यकर्ता तथा आम सुभचिन्तक समर्थक लाइ प्रस्ट पार्नको लागि पार्टी का केन्द्रिय सद्स्य मनोज भट्ट को उपस्थितिमा साउन २ गते गढबा , ३ गते राप्ती , ४ गते तुल्सिपुर , ५ गते लमही , ६ गते घोराहीमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । साउन ८ गते भालुबाङ मा सभाको कार्यक्रम गर्ने भएको छ । साउन १५ देखि ३० सम्म जिल्ला ब्यापी घरदैलो तथा सदस्यता अभिया चलाउने भएको छ । पार्टीको केन्द्रिय सल्लाहकार सुरेश थापाका का बुवा तथा जिल्ला सदस्य कृस्णा रानाका ससुरा बुवा पार्टी का सदस्य एक बहादुर थापाको असामयिक निधन भएकोमा शोक प्रस्ताब पारित गरेको कुरा पनि बिज्ञप्तिमा उल्लेख छ । यसैगरी मजदुरी गर्ने क्रममा मुस्ताङ मा दाङका मजदुरहरुको दुर्घटनामा परी दु:खद निधन भएको मा बैठकले दुख प्रकट गरेको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा आषाढ २९ गते बसेको बैठक ले उक्त निर्णय गरेको कुरा आषाढ ३० गते जारी गरेको बिज्ञप्तिमा जनाइएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्