जीवन दानको खोजीमा विक



 

दिपक बोहरा

दाङ ३० असार ।आफुसंगैका साथिहरु बिद्यालय गईरहेका छन्, साथिहरु खेलिरहेका छन् । तर तुलसीपुर ३ दमारगाउँकाका १६ बर्षीय श्याम बिक भने उनीहरु खेलिरहेको देखेर आँखाबाट टुलुटुलु आँशु निकाल्नु बाहेक कुनै बिकल्प छैन् । न त बोल्न नै सक्छन्, न त हिडडुल नै गर्न सक्छन् । उनी पनि साथिहरु जस्तै खेल्न चहान्छन्, तर खेल्नलाई साथिहरु जस्तो शरिर छैन् । एक अर्थमा भन्नुपर्छ उनको शरिर नै अधुरो छ । सामान्य हात काटिएमा त हामीलाई कति पीडा हुन्छ् । हामी भन्छौंः यो हातले निकै सताएको छ । तर मेरुदन्ड नै भाँचिए के होला । हामी आफै कल्पना गर्दा ज्यू सिरिंङ्ग हुन्छ । तर शरिरलाई अड्याउने मेरुदन्ड भाँचिएर छटपटिरहेका छन्, तुलसीपुरका एक किशोर ।

 

स्थानीय नमूना महिला सामुदायिक बनले दाउरा काट्न खुल्ला गरेको थियो । उनी पनि दाउरा काट्न गएका थिए । आफ्नो ब्यक्तिगत काम होईन्, सामुदायिक बनको काममा आदर्श टोल बिकास संस्थाको कामका लागि उनी दाउरा काट्न बनमा गएका थिए । दाउराको प्रयोगका लागि काटिएकै रुखले उनलाई च्याप्यो । रुखले च्यापेपछि अस्पतालमा जाँच गर्दा उनको मेरुदन्ड भाँचिएको रहेछ । त्यसकै फलस्वरुप ६ महिना देखि ओछ्यानमै छन् । मेरुदन्ड भाँचिएपछि उपचारमा मात्रै उनको अहिले सम्म ६ लाख भन्दा बढि खर्च भईसकेको छ । ६ महिना काठमडौंमा उपचार गराए । तर भाँचिएको मेरुदन्ड जोडिएको छैन् । उनले नाकबाट सास फेर्न सक्दैनन् । स्वास फेर्नका लागि घाँटीमा प्वाल पारिएको छ । उनको उपचारका लागि अझै धेरै खर्च लाग्ने अनुमान गरिएकोछ ।

 

तर परिवारमा आर्थिक अबस्था कम्जोर छ । उनको न त बुवा नै छन्, न त आमा मानसिक रुपमा स्वस्थ नै छन् । उनको आफन्त भनेको उनका मामा हुन् । उनका आमाको पनि मानसिक सन्तुलन गुमेको छ । समुदायको कामका लागि गएका उनको उपचारमा बन समुहले साढे तीन लाख रुपैंया सहयोग ग¥यो, त्यो भन्दा बढि सहयोग गर्न सकेन् । बिभिन्न दाताहरुको सहयोगमा साढे दुईलाख रुपैयाँ जम्मा गरेर अहिलेसम्म उपचार गरिएको छ । डाक्टरले मेरुदन्ड जोडिन्, पनि सक्छ्, नजोडिन पनि सक्छ, भनेका छन् । अझै थप उपचार गर्नुपर्ने डाक्टरहरुले भनिरहेका छन् । तर थप उपचारका लागि कस्ले ब्यहोर्ने, मामा घरको आर्थिक अबस्था पनि एकदमै कम्जोर छ । तुलसीपुर उपमहानगरपालिकामा पनि गुहारे ।

तर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बिजय बिकले ३५ हजार सहयोग रकम पास भएको छ, भने तर दिदा दुई हजार दिने मात्रै सुनाए । सरकारले कुनै पनि नागरिक स्वास्थ्यबाट बञ्चित हुन नहुँने अभियानलाई अघि सारेको छ । तुलसीपुर उपमहानगरपालिका प्रमुखले पनि पनि आर्थिक अभाबकै कारण कुनै पनि ब्यक्ति उपचारबाट बञ्चित हुन नहुँने अभिब्यक्ति दिईरहदा के अब १६ बर्षीय श्याम बिकले उपचारमा केही राहात पाउलान, त भन्ने प्रश्न खडा भएको छ । परिवारपनि अब सहयोगी दाताकै आशामा छ ।

 

स्थानीय सरकार, बिभिन्न संघसंस्था, बिभिन्न सामाजसेवीलाई श्यामका मामा दुर्गे बिकले अनुरोध गरे । उनले नेपालमा सम्भव नभएपनि विदेशमा लिएर भएपनि उपचार गर्ने बताए । तर त्यसका लागि घरको आर्थिक अबस्था कम्जोर भएकाले थप उपचारका लागि सहयोगकै अपेक्षा रहेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्