प्रधानमन्त्रीलाई गगनको प्रश्नः उपचार गर्न किन बंगलादेश जानुहुन्न ?



सैघाली खबर, ३१ असार ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा भएको प्रदर्शनमा थापा पनि सहभागी भएका थिए । प्रदर्शनपछि बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै थापाले आफू चेतावनी दिन नभई प्रधानमन्त्रीलाई आग्रह गर्न उभिएको बताए ।

संसदमा कतिपयले डा. केसी को हो भनेको सुनाउँदै उनले भने, ‘डा. गोविन्द केसी जोगी हुन्, फकिर हुन्, जो हामी र हाम्रा सन्ततीका लागि लडिरहेका छन् ।’ कतिपयले उनलाई कहिले कांग्रेस त कहिले विवेकशील साझा भन्ने गरेको भन्दै थापाले पार्टीको झण्डामुनी नभएका व्यक्तिहरु मध्ये डा. केसी एक भएको बताए ।

जुम्लामा अनसनरत डा. केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनु पर्ने भनेको भन्दै उनले त्यो पुरा नहुँदासम्म उनलाई कसैले हल्लाउन नसक्ने बताए । तर, उनको स्वास्थ्य गम्भीर रहेको भन्दै कांग्रेस संसाद थापाले भने, ‘यदि सरकारले जिद्दी गरेर बस्यो र उनको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र होइन, सिंगो नेपाल अपराधबाट मुक्त हुन सक्दैन ।’

ताप्लेजुङ, दार्चुलाका सांसदहरुले समेत काठमाडौंमा मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेको सुनाउँदै उनले यसले आफ्नो जिल्लामा डाक्टर जाँदैनन् भन्ने नर्बिसन आग्रह गरे । सरकारले ल्याएको विधेयक पास गर्ने हो भने थप २० वटा मेडिकल कलेज काठमाडौंमै खुल्ने र विशेषज्ञ डाक्टरहरु काठमाडौं छाडेर जिल्ला नजाने उनको तर्क छ । काठमाडौं ४ का सांसद थापाले अघि भने, ‘भो पुग्यो, काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन ।’

उपचार गर्न बंगलादेश किन नगाएको ?

प्रधानमन्त्रीले समेत नेपाललाई मेडिकल हब बनाउनुपर्छ भनेको स्मरण गर्दै सांसद थापाले बंगलादेश पनि मेडिकल हव भएको बताए । तर, नेपालका नेताहरू उपचारका लागि सिंगापुर, बैंकक गएको भन्दै उनले प्रश्न गरेः प्रधानमन्त्री ज्यू, तपार्इ उपचार गर्न किन बंगलादेश नजानु भएको ?’

गुणस्तर नभएका कारण बंगलादेशमा डाक्टर देखेर डराउनुपर्ने अवस्था रहेको उनले सुनाए । मेडिकल कलेज खाेलेपछि विदेशी पढ्न पढ्न आउँछन् र टन्न डलर कमाएर धनी हुन्छौं भन्ने भ्रम नपाल्न आग्रह गर्दै नले भने, ‘यो पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू !’

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले गुणस्तर कायम गर्न नसकेका दिन नेपालीहरु घरबारी बेचेर उपचारकै लागि भारत जाने दिन आउन सक्नेतर्फ समेत गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्